हेल्लो संवाददाता
धनगढी, १५ जेठ
संघीय सरकारले सुदूरपश्चिमका दुई ठूला सिँचाई आयोजनाका लागि बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८/०८२ को बजेटमा राष्ट्रिय गौरवको आयोजना रानी–जमरा कुलिया सिँचाई र महाकाली सिँचाई आयोजना तेस्रो चरणका लागि चार अर्ब ८७ करोड बजेट विनियोजन गरेका छन ।
कैलालीको १४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न रानी–जमरा–कुलरिया सिँचाई आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ । त्यस्तै, कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई तेस्रो चरणका लागि दुई खर्ब बजेट विनियोजन गरिएको छ । संघीय सरकारले राजी–जमरा–कुलरिया र महाकाली सिँचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाभित्र समावेश गरेको छ ।












