हेल्लो संवाददाता
धनगढी, १३ जेठ
कैलाली र बझाङमा दुई जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–८, जमुनाभाडीस्थित हाइबेदेखि अन्दाजी सात सय मिटर भित्री नालामा सोही ठाउँका ५५ वर्षीय नरबहादुर धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, बझाङ बित्थरचिर गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय रामबहादुर बोहरा मृत फेला परेका हुन् । बोहरा घर परिवारसंगै खाना खाएर आफ्नै घरको छुट्टै कोठामा सुतेकोमा बिहान अबेरसम्म नउठेपछि कोठामा गई आफन्तले उठाउन खोज्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।












