घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु


हेल्लो सुदुर हेल्लो सुदुर आईतवार, ६ जेष्ठ २०८१, १८:४१ मा प्रकाशित

हेल्लो संवाददाता
कैलाली, ६ जेठ
कैलालीमा भएको सवारी दुर्घटनामा सवारी चालकको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–१, अत्तरिया चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो । घाइते चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ८ ख ४३०१ नम्बरको ट्रकमा से ७ प १८९६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका वडा नम्बर ३ बस्ने ३२ वर्षीय शिवराज रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

छुटाउनुभयो कि ?