हेल्लो संवाददाता/धनगढी, ६ जेठ
कैलाली प्रहरीको हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । भन्सार छलीको सामानसहित ३ गते पक्राउ परेका धनगढी गाउँका ३५ वर्षीय बुद्धीराम चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कविन्द्र बोहराका अनुसार चौधरी भन्सार छलीका सामानसहित जेठ ३ गते पक्राउ परेका थिए । ‘उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ’ उनले भने, आज विहान उनको मृत्यु भएको हो ।’












