धनगढी, ४ जेठ/
कैलालीको गोदावरी नगरपालिकाले कर्मचारी माग गरेको ७ महिनापछि विज्ञापन रद्द गरेको छ ।
नगरपालिकाले गत कार्तिक १० गते करारमा कर्मचारी माग गर्दै विज्ञापन आह्वान गरेको थियो ।
विज्ञापन गरेको झण्डै ७ महिनापछि शुक्रबार सूचना जारी गर्दै करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी प्रकाशित विज्ञापन रद्द गरेको जनाएको हो ।
बिहीबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार विज्ञापन रद्द गरिएको सूचनामा उल्लेख छ । आवेदन दिएकालाई असार मसान्तभित्र परीक्षा दस्तुर फिर्ता लैजान भनिएको छ ।












