धनगढी। कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ। आज बिहान जिल्लाको लम्की चुहा नगरपालिकास्थीत धोबेनी खोला नजिक भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएको यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटना भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भारतीय नम्बर प्लेटको एम्बुलेन्स दुर्घटनामा परी मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ की १८ वर्षीया किशोरी अञ्जली परियार हुन्।
उनी भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी थिइन् । एम्बुलेन्समा चालकसहित छ जना सवार रहेकामा उनीहरु सकुशल रहेका छन्। इलाका प्रहरी कार्यालय लम्कीले एम्बुलेन्स र चालक प्यारेलाललाई नियन्त्रणमा लिएको जनाएको छ ।












